२०८१ श्रावण १२

बुटवलमा ५० करोड लगानीमा खुल्यो ड्रिम इन्टरनेशनल होटल
  • लुम्बिनी खोज
  • २०७८ मंसिर २६, आईतवार ११:५१ गते

बुटवल, २६ मंसिर ।
पश्चिम नेपालको आर्थिक केन्द्र बुटवलमा करिव ५० करोड लगानीमा ड्रिम इन्टरनेशनल होटेल सञ्चालनमा आएको छ । बुटिक होटलमा हुनुपर्ने सम्पूर्ण सुविधासहित सञ्चालनमा आएको होटलमा चार वटा स्वीट रुम र ३६ वटा डिलक्स रुम गरी ४० वटा कोठा छन् ।
बिगत १३ वर्षदेखि रुपन्देहीको मणिग्राममा चार तारे होटेल ड्मि ल्यान्ड गोल्ड रिसोर्ट समेत संचालन गरिरहेका ब्यबसायी गोपाल रानाले साढे चार कट््ठा आफ्नै स्वामित्वको जग्गामा नेपालीपन झल्किने गरी तीन तारे स्तरको होटेल खोलेका हुन् । युरोपियन पर्यटकलाई पनि आकर्षित गर्ने गरी होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरु निर्माण गरिएका छन् । होटेलमा ८० देखि सय जना क्षमताको दुई वटा कन्फेरेन्स÷मिटिङ हल, ग्राउण्ड फ्लोरमा फाइन डाइनिङ रेष्टुरेन्ट, माथिल्लो तलामा बार र क्याफे तथा ट्यारेस रेष्टुरेन्ट रहेका छ्न् ।
बुटवलको मिलनचोक तीनकुनबाट उत्तर तर्फ रहेको होटलमा पर्याप्त पार्किङ स्थल रहेको र ६० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका सञ्चालक रानाले बताए । कोरोना महामारीका कारण पर्यटन क्षेत्र थला परेको अवस्थामा पनि मुलुकको आर्थिक समृद्धिको दीगो आधार पर्यटन नै हो भन्ने आत्मविश्वासका साथ बुटिक होटेलमा लगानी गरिएको रानाले बताए । उनले बिगत १३ वर्षदेखि रुपन्देहीको तिलोत्तमा मणिग्राममा सुविधासम्पन्न चारतारे सरहको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट सञ्चालन गरिरहेका छन् । सेवा बिस्तार गर्ने क्रममा विभिन्न क्षेत्रको माग अनुसार बुटवलमा बिस्तार गरिएको उनले बताए ।
होटेलले आफ्ना पाहुनालाई बुटवल क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरु जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा, रामापिथेकस पार्क, पाल्पाको रानीमहल, लुम्बिनी लगायतका स्थानमा घुमाउन र ती स्थानको पर्यटन प्रवद्र्धन गर्न टुर प्याकेज पनि सञ्चालन गर्ने योजना बनाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । उनले बुटिक होटलमा आगामी दिनमा लगानी बिस्तार गर्ने र स्वीमिङ पुल लगायतका सेवाहरु थप्ने योजना रहेको पनि रानाले बताए ।