२०८१ श्रावण १२

भारतीय सवारीको ओभरलोड रोक्नुपर्नेमा जोड
  • लुम्बिनी खोज
  • २०७८ पुष २, शुक्रबार ०८:२० गते

बुटवल १ पुस
भारतीय गाडीको ओभरलोड नियन्त्रण गर्न यातायात ब्यवसायीहरुले जोडदार कुरा उठाएका छन । उनीहरुले ओभरलोड नियन्त्रण सगै सरकारले तय गरेको ढुवानी भाडालाई व्यवहारमा लागु गर्नुपर्नेमा पनि जोड दिएका छन ।
नेपाली ट्रक व्यवसायीको पेशा सुरक्षित गराउन भारतीय ओभरलोड सवारीको नियन्त्रण र भाडादर कार्यान्वयन हुनुपर्ने यातायात व्यवसायीहरुले बताएका छन । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलमा नव निर्वाचित कार्यसमितिलाई विहिवार पदहस्तान्त्ररण समारोहमा वोल्दै यातायात व्यवसायीले ब्यवसायीक एकतामा पनि जोड दिए ।
कार्यक्रमका नेपाल ट्रक यातायात व्यवासायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन राना भाटले विधानलाई मानेर काम गर्न आग्रह गरे । उनले व्यवसायीले पुरा भाडा लागु गर्न माल सामानको विमाको बयवस्था हुनुपर्ने धारणा राखे ।
महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले व्यवसायलाई अब नयां प्रविधिको प्रयोग गरेर अगाडी बढाउनु पर्ने बताए ।
सरकारले तोकेको पुरा भाडा लागु गर्न स्थानीय संस्थाहरु र व्यवसायी सक्रिय हुनुपर्ने बताउंदै उनले भारतीय ओभरलोड गाडि नियन्त्रणका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष यमप्रसाद पाण्डेले व्यवसायीको हितमा व्यवसायिक एकता कायम गरेर काम गर्ने प्रतिवद्वता जनाए ।
सरकारले तोकेको भाडा लागु गर्न र भारतीय ओभरलोड गाडिहरुको आगमनलाई रोक्न अग्रजहरुको सल्लाह र व्यवसायीहरुसंग सहकार्य गरेर अगाडी बढ्ने अध्यक्ष पाण्डेले बताए ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य बिरेन्द्र यादव, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पुर्व अध्यक्षहरु रामेश्वर श्रेष्ठ, गुप्तबहादुर केसी, गणेशप्रसाद पन्थ, निवर्तमान महासचिव जीतबहादुर भाट क्षेत्री, पूर्व सचिव पंकज राई, निर्वाचन आयुक्त महेन्द्रप्रसाद पाण्डे, कार्यालय प्रमुख बाबुराम अधिकारी लगायतले बोल्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए ।