२०८१ माघ २३
बुटवल,१६ जेठ ।
महोत्तरीको महोत्तरी गाउँपालिका– २ बजारस्थित एनएमबी बैंकमा लुटपाट भएकाे छ। नकाब लगाएर हतियारसहित आएकाे चारजनाकाे समूहले बैंकबाट ३८ लाखभन्दा बढी लुटपाट गरेकाे प्रहरीले जनाएकाे छ।
मंगलबार अपराह्न करिब साढे १२ बजे बैंक प्रवेश गरेको उक्त समूहले कर्मचारी तथा सेवाग्राहीलाई नियन्त्रणमा लिई पैसा लुटेको प्रत्यक्षदर्शीले बताए। उनीहरू सबैसँग लोकल मेड पिस्तोल रहेको प्रहरीले जनाएकाे छ। लुटपाट गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।