२०८१ श्रावण १२

दीपमा स्वागत कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७८ पुष ९, शुक्रबार १७:०१ गते

बुटवल ९ पुस ।
दीप बोर्डिङ हाई स्कूल बुटवलमा शुक्रबारमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय सह अध्यक्ष डि.के ढुङ्गानाको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरपालिकाको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालको विशिष्ट आतिथ्यता, अभिभावक महासंघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजू, उपाध्यक्ष उमाकान्त चापागाईँ, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य ज्ञानु थापा र कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, शिक्षक वसन्तकुमार जोशी, डी.बी. रायमाझी, कमल नेपाल, पूर्व विद्यार्थी सन्दिप खनाल, सिलम श्रेष्ठ, अभिषेक भट्टराई लगायतको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो ।
राष्ट्रिय गायक तथा सङ्गीतकार सौगात सायरको समेत साङ्गीतिक प्रस्तुति रहेको कार्यक्रममा विद्यार्थी प्रशान्त पाण्डेयले स्वागत मन्तव्य र शर्मिला पन्थीले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन । कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेय र विद्यार्थी विशेष पाण्डे तथा अनिशा पाण्डेले संयुक्त रूपमा गरेका थिए ।