२०८१ श्रावण १२

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३१, बुधबार ०९:०० गते

बुटवल,३१ जेठ ।

मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल उपचारपछि  डिस्चार्ज भएका छन् । मंगलबार बिहान छाती दुखेपछि मुटुको परीक्षणका लागि उनलाई बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको थियाे ।

२४ घन्टा चिकित्सकको निगरानीमा रहेका उनी आज बिहान डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।  डा. अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  दम र ग्याष्ट्रिकबाट पीडित राष्ट्रपति पौडेलको स्वास्थ्यमा मंगलबार बिहान ७ बजेतिर समस्या देखिएको थियो । पौडेललाई अस्पतालको भिआइपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको थियाे । मुटुको परीक्षणका लागि उनको एनजिओग्राम गरिएको अस्पतालले जनाएको छ । एनजिओग्रामको सुरुवाती रिपोर्ट राम्रो रहेको सचिवालयले जानकारी दिएको छ ।