२०८१ श्रावण १२

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने नवीनका खेलाडीलाई विदाई
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३२, बिहीबार ०७:२० गते

बुटवल ३२ जेठ ।
एसियन खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडी विद्यार्थीहरुलाई बुटवलमा विदाई गरिएको छ । प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन जाने बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता मा बि का खेलाडीहरुलाई विद्यालयले विदाई गरेको हो ।
बिहिवार बिद्यालय ब्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकालले खेलाडीहरुलाई विदाइ गर्दै सफलताको शुभकामना ब्यक्त गरे । तेक्वान्दो संघ भारत आर्यन मार्सल आर्ट एकेडेमीको सहयोगमा काठमाडौमा हुने एसियन खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन जाने नवीन औद्योगिक कदर बहादुर रीता मा बि का ३० जना खेलाडी रहेका छन ।
विदाइ कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकाल, बिद्यालयका खेलाडी प्रशिक्षक नवराज खरेल र डब्लु टि एफ तेक्वान्दो प्रशिक्षक गणेश कुवरको उपस्थित रहेको थियो ।
प्रतियोगिता सहभागी हुने खेलाडीहरुलाइ शुभकामना दिदै ढकालले खेलकुदले अन्तर्राष्ट्रिय स्तरमा चिनाउनको लागि महत्त्वपूर्ण योगदान पु¥याउने हुदा अनुसाशित भयर सहभागी हुन आग्रह गरे ।भोलि देखि सुरु हुने प्रतियोगितामा नवीन स्कुल देखि ३० जना खेलाडीहरु सहभागी हुने बिद्यालयका प्रशिक्षक नवराज खरेलले बताए ।