२०८१ श्रावण १२

राजारुन्खा माविमा त्रिकोणात्मक अन्तरक्रिया
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३२, बिहीबार ११:३२ गते

गुल्मी ३२ जेठ ।
राजारुन्खा मा वि गुल्मीदरबार ३ गुल्मीमा त्रिकोणात्मक अन्तरक्रिया सम्पन्न भएको छ । कक्षा ५, ८ र १० मा अध्ययन गर्ने विद्यार्थीहरुको अभिभावक,शिक्षक र विद्यार्थी बिच बृहत् त्रिकोणात्मक अन्तरक्रिया कार्यक्रम भएको हो ।
जेठ मसान्तको दिन पारेर विद्यार्थीको गुणस्तर वृद्धि गर्न र प्रथम त्रैमासिक परिक्षा सुधार गर्न गरिएको उक्त लक्षित कार्यक्रममा विद्यालयका प्र अ गोकर्ण बहादुर थापाको अध्यक्षता, मावि कोआर्डिनेटर कृष्ण प्रसाद ज्ञवाली,मावि अङ्ग्रेजी शिक्षक तुल्सिराम उपाध्याय, आधारभुत तह गणित शिक्षक विवश बन्जाडेलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन मा बि गणित शिक्षक युवराज कुँवरले गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक गोकर्ण बहादु थापाले विद्यार्थिको नियमितता, सरसफाइ, गृहकार्य,अतिरिक्त क्रियाकलाप, मासिक परिक्षाको नतिजा विश्लेषण ,परिवर्तित पाठ्यक्रमको जानकारी,संशोधित लेटर ग्रेडिङ प्रणालिको जानकारी लगायत विविध पक्षको बारेमा धारणा राखेका थिए । कार्यक्रमले विद्यार्थीमा उत्प्रेरणा बढ्ने, आफ्नो जिम्मेवारी बोध हुने, व्यक्तिगत सरसफाइमा ध्यान बढी हुने, गृहकार्यमा नियमितता हुने ,अभिभावक एवम विद्यार्थीको विद्यालयमा नियमितता वृद्धि हुने विश्वास लिइएको विद्यालयले जनाएको छ । विद्यालयले अन्य बाकी कक्षाको पनि बृहत् अभिभावक भेला कार्यक्रम गर्ने कार्यक्रमका सञ्चालक समेत रहेका शिक्षक युवराज कुँवरले जानकारी दिए।