२०८१ श्रावण १२

लुम्बिनी प्रदेश सरकारले आज झण्डै ४० अर्बको बजेट ल्याउँदै
  • लुम्बिनी खोज
  • २०८० असार १, शुक्रबार ०८:२१ गते

बुटवल, १ असार ।

लुम्बिनी प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदै छ। दिउँसो ३ बजे बस्ने प्रदेशसभाको दोस्रो अधिवेसनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्ने कार्यक्रम छ ।

बजेट कटौती भएका कारण चालू आर्थिक बर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने छ। सरकारले झण्डै ४० अर्ब बरावरको बजेट ल्याउने तयारी गरेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले बताए । चालू आर्थिक वर्षमा ४२ अर्ब बराबरको बजेट थियो ।बजेट आकार घटेसँगै योजना समेत साँघुरिने भएको छ। प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बनाइएको छ। रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने जनाइएको छ।
जेठ २६ मा नीति तथा कार्यक्रम पेस गरेको सरकारले त्यसकै आधारमा बजेट ल्याउन थालेको हो। प्रदेश सरकारले चालू आर्थिक वर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको थियो। तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि-बजेटमा छलफल भइरहेको थियो।