२०८१ श्रावण १२

नवलपरासीद्धारा कपिलवस्तु पराजित
  • लुम्बिनी खोज
  • २०७८ पुष १०, शनिबार १६:१८ गते

बुटवल, १० पुस ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा पश्चिम नवलपरासीले कपिलवस्तुलाई पराजित गरेको छ । शनिरबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा नवलपरासीले कपिलवस्तुलाई १० रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले निर्धारित ४० ओभरमा ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ११३ रन बनायो । उसका लागि करण विकले अविजित २५ र दिलशाद अलीले १२ रन बनाए । बलिङमा कपिलवस्तुका शिवकुमार मौर्य र राज अग्रहरीले समान ३–३ विकेट लिए । जवाफी ब्याटिङ गरेको कपिलवस्तुले ३५.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमै समेटियो । उसका लागि आकाश त्रिपाठीले २७ र शिवकुमार मौर्यले २० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा नवलपरासीका जितेन्द्र शाहनी र विजय लोहारले समान ३–३ तथा इकलाख अहम्मद र करण विकले समान २–२ विकेट लिए । करण विक म्यान अफ द म्याच भए । आइतबार बर्दिया र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ । शनिबारको खेल मौसमका कारण ५० ओभरबाट ४० ओभरमा झारिएको थियो ।
पुस अन्तिम साताबाट हुने प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशस्तरी टीम बनाउनका लागि छनोट खेल भइरहको हो ।छनोट खेल पुस २१ ग्तेसम्म चल्नेछ भने ७ जिल्ला सहभागी छन् । प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा खेल भइरहेको हो ।