२०८१ श्रावण १२

राजारुन्खा माविमा अनुशासनको महत्वमा प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८० असार ८, शुक्रबार १२:११ गते

गुल्मी ८ असार ।
गुल्मीको राजारुन्खा मा वि मा शुक्रवारिय अतिरिक्त कार्यक्रम अन्तर्गत अन्तर सदनात्मक‘विद्यार्थि जीवनमा अनुशासनको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ। जुनियर रेडक्रस सर्कलको आयोजना र विद्यालयका प्रअ गोकर्ण बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । निर्णायक मण्डलमा शिक्षक मिनराज अर्याल र शिक्षिका मिना रायमाझि रहेको प्रतियोगिता जुनियर रेड्क्रस सर्कलका नायक शिक्षक विवस बन्जाडेको समय व्यवस्थापन र शिक्षक युवराज कुवरको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा विद्यार्थिहरु ग्रिन हाउस बाट आश्रय घर्ती प्रथम ,ह्ववाइट हाउस बाट युवराज घर्ती द्धितिय र ब्लु हाउस बाट आयुश्मा घर्ती तृतिय भए । कार्यक्रममा अन्य विद्यार्थिले गायन बाट मनोरञ्जन समेत प्रदान गरेका थिए ।
विद्यार्थीको अन्तर्निहित प्रतिभाको प्रस्फुटन हुन कार्यक्रम फलदायी भएको शिक्षक कुवरले बताए । यस किसिमका कार्यक्रमले मौलिक ज्ञानको पहिचान हुने तथा विद्यार्थीको अतिरिक्त क्रियाकलापमा सहभागीता बढ्दै जाने विद्यालयले जनाएको छ ।