२०८२ माघ २८
बुटवल ।
पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एव हिमाली भूभागमा आज बुधवार विहानैदेखि हिमपात हुदा चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेकाले सर्तकता अपनाउन भनेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हलुकादेखि मध्यम हिमपात भइरहेको छ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष १४ गते बुधबार
दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हलुका देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानहरुमा हलुका देखि मध्यम हिमपातको संभावना रहेको छ ।
राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानहरूमा हलुका देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू९भागका धेरै स्थानहरुमा हलुका देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
२०७८ पौष १५ गते बिहीबार
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।
राती देशभर आंशिक देखी सामान्य बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हलुका हिमपातको पनि सम्भावना रहेको छ ।
२०७८ पौष १६ गते शुक्रबार
दिउँसो देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू९भागहरुका एक वा दुई स्थानहरुमा हलुका हिमपातको संभावना रहेको छ ।
राती देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानहरुमा हलुका हिमपातको पनि सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हलुका देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानहरुमा हलुका देखि मध्यम हिमपातको संभावना रहेको छ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।