२०८१ श्रावण १२

चिसो बढ्यो, बुटवलका विद्यालयमा विदा
  • लुम्बिनी खोज
  • २०७८ पुष १४, बुधबार १५:२२ गते

बुटवल १४ पुस ।
वर्षासगै चिसो बढेपछि बुटवलका विद्यालयमा विदा दिइएको छ । बुधवार बुटवलमा विहानैदेखि पानी परिरहेको छ । वर्षा सगै चिसो बढेपछि यहाका विद्यालयमा बिहिवार र शुक्रवारका लागि विदा दिइएको छ ।
बुटवल उपमहानगरपालिकाले जारी गरेको सुचना अनुसार १५ र १६ गते बुटवलका सामुदायीक तथा संस्थागत सबै विद्यालयमा विदा दिइएको छ । विद्यार्थीको स्वस्थ्यलाई ख्याल गर्दै विद्यालयले दिने वर्षे, हिउदे विदाबाट मिलान गर्ने गरी विदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।