२०८१ आश्विन ८

संसदको काम थप प्रभावकारी बनाउन कर्मचारीलाई तालिम
  • लुम्बिनी खोज
  • २०७८ पुष १६, शुक्रबार १५:५५ गते

बुटवल, १६ पुस ।
लुम्विनी प्रदेश सभाका कर्मचारीहरुलाई संसद बैठक संचालन सम्बन्धमा तालिम प्रदान गरिएको छ । दुईदिने प्रशिक्षण कार्यक्रममा संसद,संसदीय समितिका बैठक देखि कानुन निर्माण तथा सञ्चारसगको सम्वन्ध सम्मका विषयमा जानाकारी गराइएको छ ।
संघिय संसद सचिवालयको आयोजना तथा लुम्बिनी प्रदेश सभा सचिवालयको ब्यबस्थापन र ईन्टरनेशनल रिपब्लिकन ईन्ष्टिच्यूटको सहयोगमा गरिएको सो प्रशिक्षण कायक्र्रममा संसदीय अभ्यास, मुल्य मान्यता र परम्परा, संसद बैठकका कार्यसुची, कर्मचारीको निष्पक्षता, तटस्थता र ब्यबसायिकता लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
सो अवसरमा प्रदेश सभाको स्वायत्तता, विधेयक तथा प्रस्तावहरु, सम्पुर्ण बिवरण संकलन, अधिबेशन र बैठक आह्वान तथा बैठक स्थगित र अन्त्य लगायतका बिषयमा समेत कर्मचारीहरुलाई आवश्यक जानकारी गराईएको थियो ।
कार्यक्रममा संघिय संसदका सचिव सुदर्शन खड्का, पुर्व सचिवद्वय सोमबहादुर थापा, मुकुन्द शर्मा र ईन्टरनेशनल रिपब्लिकन ईन्ष्टिच्यूटका सिनियर प्रोग्राम म्यानेजर युवराज आचार्य, प्रबन्धक प्रेमा बिष्ट थापा लगायतले संसदका गतिबिधी, बिषयगत समिति र संसदीय मामिला रिपोर्टिङ्गमा संचारकर्मीहरुको भुमिका लगायतका बिषयमा सहजिकरण गरेका थिए ।
प्रदेश सभाको काम कारबाहीलाई उद्देश्यमुखी, जनमुखी र परिणाममुखी तुल्याउने उद्देश्यले लुम्बिनी प्रदेश सभाका कर्मचारीहरुलाई प्रदेश सभा संचालन र प्रभावकारी कानुन निर्माण प्रकृयामा कर्मचारीले खेल्ने भुमिकाको बारेमा प्रशिक्षण प्रदान गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभा सचिवालयका सुचना अधिकृत दीनेश अधिकारी, लेखा अधिकृत आलोक अग्रहरी लगायतले संसद सचिवालयमा काम गर्दाका अनुभवहरु राख्दै छलफलमा सहभागिता जनाएका थिए ।