२०८१ श्रावण १२

बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु
  • लुम्बिनी खोज
  • २०८० श्रावण १८, बिहीबार १३:२५ गते

बुटवल १८ साउन ।
बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ।
बुटवलको वडा नम्बर ३ चिडियाखोलाबाट खोज र नष्ट गर अभियान शुरु भएको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।
अभियानअन्तरगत चिडियाखोलाको बस्तीमा पानी जम्ने स्थानको खोजी तथा लार्भा बस्न सक्ने स्थानको खोजी गरी नष्ट गरिएको छ। अभियानका क्रममा वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकालले अभियानलाई घरघरमा पु¥याउनुपर्ने बताए। उनले घरको छत तथा अन्य क्षेत्रमा पानी जम्ने स्थानमा पानी जम्न नदिन आग्रह गरे ।
अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, स्थानीयसहितको सहभागिता रहेको थियो। अभियान १९ वटै वडामा नियमित रुपमा सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ ।