२०८१ श्रावण १२

कांग्रेसलाई गतिशिल बनाउन लाग्नुपर्नेमा जोड
  • लुम्बिनी खोज
  • २०८० श्रावण २०, शनिबार १३:२५ गते

भैरहवा,२० साउन ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालीकाका मेयर रामकृष्ण खाणले रुपन्देहीलाई पार्टीको राजनितिक खेलमैदान बनाउन नहुनेमा जोड दिएका छन् ।
जिल्लालाई राजनीतिक खेलमैदान हुँदा पार्टी कमजोर हुने र पार्टी कमजोर हुँदा एउटा नेता मात्र नभै पार्टीसगं जोडीएका सवै नेता कार्यकर्ता कमजोर हुने भन्दै उनले पार्टीलाई कमजोर नभै बलियो बनाउन तर्फ सवै लाग्नुु पर्ने बताए । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्वर ३ प्रदेश सभा (क) को प्रथम सम्मेलनको शनिवार भैरहवामा उद्घाटन गर्दै नेता खाणले जिल्ला कार्यसमिति सर्वसम्वत चयन भएको स्मरण गराउदै उनले सवै सवैको साझा भएर पार्टीलाई गतिसिल, बलीयो र चलायमान बनाउन लाग्नुु पर्नेमा जोड दिए ।
‘ब्यक्तीगत रुपमा को कससगं नजीक छ वा कसले कस्लाई नेता मान्छ भन्ने कुरा गौण हो । समग्रमा हामी पार्टीको हितमा लाग्नुु पर्छ । पार्टी कमजोर बनाउने गतिविधि गर्दा सवै कमजोर भैईन्छ, उनले भने ।
सुुरेन्द्रजगं थापाको सभापत्वि, गोविन्द प्रशाद बस्यालको स्वागत, यमबहादुर थापाको सचांलनमा भएको कार्यक्रममा क्षेत्रीय सभापति शुुसिल गुुरुङ्ग, प्रदेश सभा सदस्य देवि प्रसाद चौधरी, सिद्धार्थ नगरपालीकाका मेयर ईस्तियाक अहमद खान, सिद्धार्थ नगर सभापति कोशिस बहादुर खड्का, नेताहरु लक्ष्मण सुवेदी, रमा अर्याल, महेन्द्र कुमार श्रेष्ठ, मिना भण्डारी, भवानी बेल्बासे, तिलक राम ज्ञवाली, बिजय धवल, दामोदर शर्मा, कविता लामीछाने लगायतले बोल्दै पार्टीलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा एकल प्रतिस्पर्धा गर्न सक्षम बनाउने तर्फ लाग्नुु पर्ने बताए । कार्यक्रममा सचिव सुधा कुँवरले बार्षीक प्रतिवेदन एवं कोषाध्यक्ष दिपक कुँवरले आर्थीक प्रतिबेदन पेस गरेका थिए ।