२०८१ श्रावण १२

ध्रुवतारा सयपत्री सहकारी द्वारा रक्तदान
  • लुम्बिनी खोज
  • २०८० श्रावण २०, शनिबार १४:३५ गते

वुटवल २० साउन ।
ध्रुवतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।
शुक्रबार रक्तसंचार केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा सहकारीमा आबद्ध सदस्यहरुले रक्तदान गरेका हुन। संस्थाले सामाजिक उत्तरादायीत्व अन्तरगत नियमित रक्तदान गर्दै आएको संस्थाका अध्यक्ष मान बहादुर कुँवरले बताए।
बुटवलमा डेंङ्गी रोगका बिरामी बढे संगै मृगौला डायालासीसका बिरामीका लागि समेत आवश्यक रगत अभाव हुननदिन रक्तसंचार केन्द्र नियमित रक्तदानमा सकृय रहेको छ । रक्तसंचार केन्द्रले रक्तदानका लागि अव्हान गरेकोले आकस्मिक रुपमा कार्यक्रम गरिएको अध्यक्ष कुँवरले बताए । कार्यक्रम संस्थाका शिक्षा तथा प्रकाशन उपसमिति संयोजक विनोद खनालको संयोजकत्वमा सम्पन्न भएको थियो ।