२०८१ श्रावण १२

रुपन्देहीमा लागुऔषधसहित ४ जना पक्राउ
  • लुम्बिनी खोज
  • २०७८ पुष १९, सोमबार १०:०१ गते

बुटवल १९ पुस ।
रुपन्देहीको देवदह र बुटवल क्षेत्रबाट लागु औषधसहित ४ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलका अनुसार ईलाका प्रहरी कार्यालय बुटबल रुपन्देही र प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको संयूक्त प्रहरी टोलीले बुटवल र देवदह क्षेत्रबाट अबैध लागुऔषध ब्राउन सुगर, डाईजेपाम, नुफिन र फेनारागन सहित ४ जनालाई पक्राउ गरेको हो ।
देबदह–२ ढेकार श्रीचोक मा ओमसतिया ६ का बर्मानन्ध धरिकारले चलाएको लु ५५ प २२०५ नं को मोटर साइकललाई शंका लागी चेकजाच गर्ने क्रममा खानतलासी गर्दा बर्मानन्ध धरिकारले लगाएको   जिन्स पाईन्टको    खल्तीमा लुकाई छिपाइ राखेको अवस्थामा २१ पुरियामा  ब्राउन सुगर फेला परेको थियो । ब्राउन सुगरको तौल ७ ग्राम ५४० मिलि ग्राम भएको प्रहरीले जनाएको छ ।  निजहरुको साथबाट नगद  १८ हजार ५ सय वरामद भएको छ ।
त्यस्तै वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नं.९ ईट्टाभट्टी बाट कास्कि पोखरा महानगरपालिका वडा नं.१३ का सरण गुरुङ र युगेन गुरुङ पक्राउ परेका छन । उनीहरुले लागुऔषध बिक्रि बितरण तथा सेवन गरेका छन भन्ने विशेष सुचनाको आधारमा निजहरु बसेको कोठा खानतलासी गर्दा डाईजेपाम–४५ एम्पुल ,–नुफिन–४५ एम्पुल फेनारागन–४५ एम्पुल र बिभिन्न किसिमका थान २ मोवाईल समेत बरामद गरी निजहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।