२०८१ श्रावण १२

आँखा पाक्ने रोगका बिरामी बढेपछि रण आँखा अस्पताल भैरहवामा छुट्टै क्लिनिक
  • लुम्बिनी खोज
  • २०८० श्रावण २४, बुधबार १०:४६ गते

बुटवल २४ साउन ।
लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासीमा आँखा पाक्ने रोग फैलिएको छ । त्यसबाहेकमा जिल्लामा पनि संक्रमण सुरु भएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, रण अम्बिका आँखा अस्पताल भैरहवाका सूचना अधिकारी प्रतीक पाण्डेका अनुसार पछिल्लो एक सातादेखि आँखा पाक्ने रोगका बिरामी ह्वात्तै बढेका हुन्  । त्यसअघि तीन–चार जना आउने गरेकामा अहिले दुई सय ५० देखि तीन सय बिरामी दैनिक आउने गरेका छन् । अस्पतालले आँखा पाक्ने समस्याका बिरामीका लागि छुट्टै क्लिनिक सञ्चालन गरेको छ भने मर्चवारी, तिलोत्तमा, सिनपालगायतका पालिकामा टोली खटाएर आँखा जाँच गरिएको छ  ।ओपिडि सेवा नै छुट्टै राखेर दिएका छौं । अन्य आँखाको समस्या लिएर आउने बिरामी सगै राख्दा सर्ने संभावना बढी हुने हुदा अलग राखेर उपचार सेवा दिएका छौं, उनले भने ।
शुरु शुरुमा विद्यार्थीहरुमा समस्या देखिएपनि अहिले सबै उमेर समुहका आँखा पाक्ने समस्या भएका बिरामी आउने गरेको उनले बताए । रुपन्देही, कपिलवस्तु, नवलपरासीका धेरै बिरामी आएको तथा अन्य जिल्लाका पनि आउने गरेको उनले बताए ।
आँखा पाक्ने समस्याका बिरामी बुटवलका औषधी पसलहरु देखि स्वस्थ्य सस्थाहरुमा पनि पछिल्ला दिनमा आउने क्रम बढ्दो रहेको छ ।