२०८१ श्रावण १२

नेप्सेमा दोहोरो अंकको वृद्धि
  • लुम्बिनी खोज
  • २०८० श्रावण २८, आईतवार ११:०८ गते

बुटवल २८ साउन ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १४.८१ अंकले बढेको छ। नेप्से १४.८१ अंकले बढेर दुई हजार ८०.८६ विन्दुमा कायम भएको छ। आज सेन्सेटिभ इन्डेक्स ०.९९ प्रतिशत, फ्लोट इन्डेक्स ०.८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१३ प्रतिशतले बढेको छ।
आज कारोबारमा आएका दुई सय ७१ कम्पनीका ९७ लाख १८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब एक करोड ८४ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको छ। आज कारोबार रकममा पनि वृद्धि भएको हो।