२०८१ श्रावण १२

नहरपुरमा डेङगी सचेतना
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३०, मंगलवार ११:१८ गते

बुटवल ,३० साउन ।

बुटवल उपमहमनगर पालिका वडा न ११ पश्चिम नहरपुरमा डेङ्गी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

उपमहानगरले शुरु गरेको खोज र नष्ट गर अभियान अन्तरगत टोल समितिको अगुवाईमा कार्यक्रम भएको हो । डेङ्गीको प्रकोप रहदासम्म सरसफाई तथा जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने टोल समितिका सचिव नन्दलाल पोख्रेलले जानकारी दिए । लमखुट्टेको टोकाईवाट डेङ्गी सक्रमण हुने भन्दै घर घरमा सचेतनामुलक कार्यक्रम सचालन गरिएको हो । सो अवसरमा टोल समितिका पदाधिकारी सदस्यहरु,महिलास्वास्थ्य स्वयमसेविका र स्थानियको सहभागिता रहेको थियो । टोलमा पानी जम्ने खाल्टाखुल्टी तथा टयरहरु व्यवस्थापन गरिएको थियो ।

टोल समितिले प्रतेक हप्ता सामुहिक सरसफाई, घरवरपर सरसफाई गर्ने लगायतका निर्णयहरु गरेको छ ।