२०८१ माघ ३
सियारी ,३२ साउन ।
रुपन्देहीको सियारी गाउँपालिकाले सियारी क्षेत्रमा रहेका औषधी पसल तथा स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको छ ।
कार्यालयले अनुगमन समितीको संयोजक एवं उपाध्यक्ष तारा थारुको संयोजकत्वमा सियारी ७ अमुवा र कनरीमा रहेका ४ वटा विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश स्वास्थ्य संस्थाहरु गाउँपालिकामा दर्ता नभएका तथा नविकरण नभई संचालनमा रहेको पाईएको अनुगमन समिति संयोजक थारुले जानकारी दिईन ।
सियारीले शुरु गरेको अनुगमनलाई निरन्तरता दिने जनाउदै उपाध्यक्ष थारुले पहिलो पटक उनीहरुलाई सम्झाई बुझाई नैसियत दिएर आएको र तत्काल दर्ता नविकरण लगाएकका काम नभए कानुनी कारर्वाहीमा अगाडि बढ्ने बताईन ।
पालिकाले वडा नम्बर ७ मा रहेको युनिक मेडिको फार्मा, अमुवा पोलि क्लिनिक, मेरिना मेडिको सेन्टर, र गुप्ता हेल्थ क्लिनिकको अनुगमन गरेको थियो ।
त्यसमध्ये युनिक मेडिको फार्माले नियम विपरित बिरामीको जाँच गर्ने गरेको तथा जथाभावी रुपमा फोहर फाल्ने गरेको हुदा फोहर व्यस्थापन गर्न सुझाव दिएर आएको स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले जानकारी दिए । उनले अनुगमन निरन्तर हुने भएकोले पहिलो पटक सचेत गराइएको स्वास्थ्य संस्थाहरुमा पुनः अनुगमन गरिने र सुधार नभएको पाइएमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइने बताए । अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपाने, योजना शाखा प्रमुख रोमलाल पुरी, पत्रकार, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।