२०८१ श्रावण १२

लागूपदार्थ सेवन गरेर गाडी चलाउने ६ जना पक्राउ
  • लुम्बिनी खोज
  • २०८० भाद्र २, शनिबार १२:०२ गते

 

 

 

बुटवल २ भदौ ।

कैलालीमा लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागूऔषध परीक्षण किटले परीक्षण गर्दा सेवन गरेको अवस्थामा सवारी साधन चलाइरहेका ६ जनालाई पक्राउ गरेको हो ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार र शनिबार लागूपदार्थ सेवन (लापसे) परीक्षणका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।ट्राफिक प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरस्थित मोहना अत्तरिया ६ लेन सडक खण्डमा  चेकजाँच गरेको थियो ।