८ जेष्ठ २०८१, मंगलवार

साहित्यकार सम्मानित
  • लुम्बिनी खोज
  • ८ भाद्र २०८०, शुक्रबार १०:२५

नेपालगन्ज, ८ भदौ ।

अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा नेपालगन्जमा ५२६ औँ तुलसी जयन्ती विविध कार्यक्रमका साथ भव्यतापूर्वक मनाइएको छ । नेपाल र भारतका अवधीभाषी साहित्यकारहरूको सम्मान, बहुभाषी कवि गोष्ठी र तुलसीदासको जीवनीबारे चर्चा गरिएको प्रतिष्ठानले जनाएको छ ।

अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भारतबाट आएका वरिष्ठ साहित्यकारहरू इन्द्रेसबहादुर सिंह, डा. मनोज भारत, सन्दीप सरल र पिके प्रचण्ड तथा नेपालका अवधीभाषी साहित्यकारहरू मधेईसिंह सिख, कृष्णादेवी पाण्डे, शिवप्रसाद पाठकलगायतलाई सम्मान गरिएको थियो । नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सन्तोष कनोडिया र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव तथा वरिष्ठ साहित्यकार सनतकुमार रेग्मीले नेपाल र भारतका साहित्यकारलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा बोल्ने अधिकांश वक्ताले रामचरित्र मानस (रामायण) का रचयिता गोस्वामी तुलसीदास महाराजको ५२६ औँ जन्मोत्सव (तुलसी जयन्ती) का अवसरमा विश्वलाई रामचरित्र मानसमार्फत दिइएको ऊर्जावान् सन्देशबारे चर्चा गरेका थिए ।