२०८१ श्रावण १२

लम्पी स्किनबाट ५२ हजार पशुको मृत्युः मन्त्री
  • लुम्बिनी खोज
  • २०८० भाद्र २१, बिहीबार १५:५५ गते

काठमाण्डौं २१ भदौ ।
कृषि तथा पशुपक्षीमन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगको संक्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु संक्रमित भएको जानकारी दिएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको दाबी गरे। हालसम्म उपचारपश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए।
रोगको संक्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको उनले उल्लेख गरे।