२०८१ श्रावण १२

ज्योति नगरमा प्रभावकारी काम गर्न मुख्यमन्त्रीको निर्देशन
  • लुम्बिनी खोज
  • २०७८ पुष ३०, शुक्रबार १६:०८ गते

बुटवल ,३० पुस ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवल ज्योती नगरका पहिरो पीडितहरुका लागि न्याय हुने गरी काम गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन । उनले सबैलाई समन्वय गरी छिटो भन्दा छिटो परिणाम दिने गरी अगाडि बढ्नका लागि चुरेक्षेत्र विकास कार्यक्रमसँग सरोकारवालाई निर्देशन दिएका हुन ।
शुक्रवार भएको कार्यक्रममा उनले भने “ माघ पहिलो सातादेखि नै कार्यन्वयनका लागि दैनिक कार्यसूची बनाएर अगाडि बढ्नु होस् । हामीले चैत्रसम्म जसरी पनि ज्योति नगरको पहिरोको समस्या हल गरौँ, प्रदेशको ठूलो विपत्तिमा परेका जनतालाई राहत प्रदान गरौँ, यस बेला सबै काम गर्नुहोस । हामीले सबैको सहकार्यमा गराँै । यसबाट कसैलाई पछाडी हट्ने छुट छैन ।”
कार्यक्रममा चुरे क्षेत्र र ज्योति नगर पहिरो नियन्त्रण सँग सरोकार राख्ने निकायका प्रतिनिधिहरु सहभागि रहेका थिए ।