२०८१ श्रावण १२

राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि
  • लुम्बिनी खोज
  • २०८० भाद्र २८, बिहीबार १५:४२ गते

काठमाण्डौं २८ भदौ ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित बिहिवार अन्त्येष्टि गरिएको छ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनलाई पशुपति आर्यघाटमा पुत्रद्वय मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएलगत्तै नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो। त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा र एमाले अध्यक्ष केपी ओलीले पार्टी झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका प्रमुख, मन्त्रीहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुकहरूले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन्।

हिन्दू र लिम्बू परम्पराअनुसार राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिएको छ। शोक मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो।