२०८१ श्रावण १२

पशुपन्छी निर्देशनालयद्वारा गौशालालाई साइलेज र किट हस्तान्त्रण
  • लुम्बिनी खोज
  • २०८० आश्विन १७, बुधबार १४:०७ गते

भैरहवा ।
‘साना ठुला जनावर, माया गरौ बराबर’ भन्ने मूल नाराको साथ विश्व पशुपंक्षी दिवस मनाईएको छ ।
दिवसको अबसरमा पशुपक्षीं तथा मत्स्य विकास निर्देशनालयले सियारी गाउपालिकाको गौशलामा बिभिन्न सामाग्री हस्तान्त्रण गरेको छ । गार्इलाइ आबश्यक परजिबिनासक औषधिहरु , खनिज भिटामिन र पोषिलो पशुआहाराको संरक्षितश्रोत साइलेज हस्तान्त्रण गरिएको पशुपन्छी बिकास निर्देशनालयका पशु बिकास अधिकृत लोकराज भुसालले जनाएका छन् ।
उनका अनुसार गाइको प्राथमिक उपचारको सहयोगको लागि प्राथमिक उपचारकिटबक्स र संरक्षित पोषिलो आहाराको श्रोत साइलेज उपलब्ध गराइ हस्तान्त्रण गरिएको छ।
निर्देशनालयले सियारी ३ स्थित रामजानकी गौशालामा विश्व पशुपन्छी दिवसको अबसरमा साईलेज र किट सहयोग गरेको आर्थिक बिकास तथा पशु सेवा शाखा प्रमुख गणेश प्रसाद खनालले जानकारी दिए ।
पशुपक्षीं बिकास तथा मत्स्य बिकास निर्देशनालयका प्रमुख डा. प्रवेश सिंह कुवरको अध्यक्षतामा भएको कार्यक्रममा गौशालालाई पशु आहारामा सहयोग पुगोस भनेर करिब २० क्विन्टल साईलेज तथा १ वटा उपचार किट गौशलाका अध्यक्ष हेमकुमार कुर्मीलाई हस्तान्त्रण गरिएको छ ।
सो अबसरमा बोल्दै प्रमुख कुंवर, पशुपन्छी बिकास निर्देसनालायका पशु बिकास अधिकृत लोकराज भुसालले निर्देशनालयले आगामि दिनमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने उल्लेख गरे ।
सियारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामचन्द्र कुर्मीले गौशला सञ्चालनमा लागि बिभिन्न किसिमको कठिनाई रहेको उल्लेख गर्दै सबैको सहयोगको आबश्यकता रहेको उल्लेख गरे ।
पशु सेवा शाखा प्रमुख गणेश प्रसाद खनालले गौशालालाई दिगो रुपमा संचालनको लागि गोबरको विविधिकरण गर्दै प्रांगारिक मल, गड्यौला मल, दाउरा आदि बनाउनको लागि प्रबिधि हस्तान्तरण तथा हरियो घासमा आधारित आहारा व्यवस्थापनमा सहयोग गर्न आव्हान गरे ।
कायक्रममा वडा सदस्य मंगल थारुले गौशलालाई दिगो रुपमा सञ्चालनका लागि सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।