२०८१ श्रावण १२

बुटवल उवासघको चुनावी मैदानमा को अगाडी ?
  • लुम्बिनी खोज
  • २०८० आश्विन १८, बिहीबार १२:४८ गते

नेतृत्व हात पार्न ब्यवसायी चुनावी मैदानमा
बुटवल १८ असोज ।
बुटवल उद्योग वाणिज्य संघको नेतृत्व हात पार्न ब्यवसायीहरु चुनावी मैदानमा उत्रिएका छन् । संघको नेतृत्वका लागि दुई वटा समुह (प्यानल) चुनावी मैदानमा उत्रिएका छन् । यहि असोज १९ देखि २२ गतेसम्म हुन लागेको ७० औं वार्षिक साधारण सभा तथा २५ अधिवेशनबाट संघको नेतृत्व लिनको लागि दुइवटा प्यानल चुनावी मैदानमा उत्रिएका हुन् ।
झण्डै एक हजार ८ सय मतदाता रहेको संघमा पदाधिकारीसहित कार्यसमितिका लागि दुवै पक्षले प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका छन् । यहा दिनेशप्रसाद श्रेष्ठको नेतृत्वमा एउटा र हरिप्रसाद अर्यालको नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा उत्रिएको छ ।
अर्यालले आफ्नो समुहलाई साझा समावेशी प्यानलको संज्ञा दिएका छन् जहा उद्योग उपाध्यक्षमा औषधी ब्यवसायका क्षेत्रमा लामो अनुभव सगालेका सुरज भट्टराईलाई अगाडी सारेका छन् ।
दुवै प्यानलले वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे र बाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराईलाई अगाडी सारेका छन् । दुवै समुहले बिशेष कार्यक्रम गरी उम्मेदवारी घाषणा गरेका छन् । एक दिनको फरकमा उम्मेदवारी घोषणा गरी चुनावी प्रचारमा ब्यस्त रहेका श्रेष्ठ र अर्याल दुबैले जीत सुनिश्चित रहेको दावी गर्दै आएका छन् ।
हाल वरिष्ठ उपाध्यक्ष रहेका अबका अध्यक्षका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठको प्यानल घोषणा कार्यक्रममा संघका पुर्वअध्यक्षहरु जीवन ओझा, अर्जुनमान सैजु, निर्मल प्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, महेशमान सिह, खिम बहादुर हमाल, वर्तमान अध्यक्ष उज्ज्वल कसजुको उपस्थीति रहेको थियो । पूर्व अध्यक्ष तथा हालका अध्यक्षले उम्मेदवारहरुलाई फुलमाला लगाइदिएर शुभकामना दिएका थिए ।
श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, उद्योग उपाध्यक्ष नबिन श्रेष्ठ, वाणिज्य उपाध्यक्ष विमल भट्टराई, महासचिव बाबुराम बिक, सचिव प्रतीक पोखरेल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, सहकोषाध्यक्ष जाकिर हुसैनलाई अगाडि सारिएको छ ।
त्यस्तै संघका पूर्व वाणिज्य उपाध्यक्ष समेत रहेका हरिप्रसाद अर्यालको उम्मेदवारी घोषणा कार्यक्रममा संघका पूर्व अध्यक्ष महेशमान सिंह, खिमबहादुर हमालसहितका ब्यवसायीहरुको उपस्थीति रहेको थियो । समुहबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनकुमारी खनाल (सविता)ले उम्मेदवारी घोषणा गरेका छन् ।
के भन्छन् अध्यक्षका उम्मेदवारहरु
अर्यालले गौरवमय इतिहास बोकेको बुटवल उद्योग वाणिज्य संघले नयाँ सोंच, कार्यशैली, व्यवसायीमैत्री कार्यक्रम दिन सक्ने चलायमान नेतृत्वको आवश्यकता महशुस गरी आफ्नो नेतृत्वमा उम्मेदवारी दिन गईरहेको बताए ।
त्यस्तै अध्यक्षका उम्मेदवार श्रेष्ठले संघको गौरवशाली इतिहास कायम गर्दै अझ ठोस् र प्रभावकारी कार्यक्रम एंव योजनाका का मगर्ने अठोटका साथ आफूहरु प्रस्तुत भएको भन्दै ब्यवसायीहरुका हक हितका सवालमा तथा आर्थिक क्षेत्रको विकासका सवालमा आफ्नो टिमले योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।