२०८१ मंसिर ३

रुपन्देही व्यापार संघमा पदस्थापन आत्मनिभर अर्थतन्त्रको विकासमा जोड
  • लुम्बिनी खोज
  • २०७८ माघ ५, बुधबार १६:३७ गते

बुटवल, ५ माघ ।
रुपन्देही व्यापार संघको पुस १९ गते सम्पन्न २० औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम बुधवार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा संघको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको थियो ।
पदस्थापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि साना व्यवसायहरुको संरक्षण र प्रबद्र्धन गर्न राज्यले आवश्यक नीति नियम निर्माणमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष यमलाल लोहनीले पछिल्लो समयमा कोराना र लकडाउनले व्यवसायीक क्षेत्र निकै प्रभावित भएको बताउदै आहात बनेका व्यवसायीहरुलाई राज्यले राहातका रुपमा सहयोगि हातहरु अगाडी बढाउनुपर्ने धारणा राखे ।
नव निर्वाचित अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघको इतिहास र अग्रजहरुको मार्ग दर्शनलाई कार्यसमितिले सधै आत्मसाथ गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै व्यावसायीक हितका लागि संघले कुनै प्रकारका असहज परिस्थितीमा पनि काम गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेल, व्यापार संघका पूर्व अध्यक्षहरु पदम प्रसाद श्रेष्ठ, मोतीलाल पाण्डे, श्रीकृष्ण पोखरेल ,संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, महासचिव दयानिधि भण्डारीलगायतले बोल्दै बयवसायीक हक हित तथा आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
अधिवेशनबाट अध्यक्षमा कृष्ण प्रसाद घिमिरे, बरिष्ठ उपाध्यक्षमा डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश ढकाल र द्धितीय उपाध्यक्षमा दिपक अधिकारी, महासचिवमा दयानिधि भण्डारी, कोषाध्यक्षमा नामदेव पाण्डे, सचिवमा फर्सुराम पन्त, सहकोषाध्यक्षमा ऋषिराम पाण्डे र सहसचिवमा मनिराम खनाल(मणी) निर्वाचित भएका छन ।