२०८१ श्रावण १२

भूमि आयोगको टोली सुकुम्बासी क्षेत्रमा
  • लुम्बिनी खोज
  • २०८० आश्विन २१, आईतवार १३:२३ गते

बुटवल ।
राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खडका सहितको आयोगको टोलिले बुटवलको सुकुम्बासी तथा अवस्थित बसोबासी क्षेत्र स्थलगत अवलोकन गरेको छ । आयोगको रुपन्देही जिल्ला अध्यक्ष हरिबहादुर आचार्य सदस्य भरत तिवारी लगायतको टोलिले बुटवल उपमहानगरपालिका ११ हात्तीसुंड , न्यु दुर्गानगरटोल, मजुवा, बुटवल २ तल्लो फुलबारी लगायतका स्थानमा स्थलगत अवलोकन गरेको हो ।
शनिवार केही टोल र आइतबार केहि टोलमा उनीहरु पुगेका थिए। अवलोकनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र स्थायी समिति सदस्य तथा अभियानका जिल्ला इन्चार्ज गणेशमान पुन, नगर अध्यक्ष महेन्द्र भुसाल, वडा अध्यक्ष प्रकाश परियार पनि सहभागि थिए। नापी लगायतको काममा बुटवलमा स्थानीय तहले समन्वय नगरेको भन्ने गुनासो आएकोले अवस्था बुझ्न यहाँ आएको उपाध्यक्ष खड्काले जानकारी दिए । बुटवलको अव्यवस्थित बसोबास क्षेत्रको स्थलगत अवलोकन पछी बुटवल ११ मजुवा बुद्ध गार्डनमा आयोजित कार्यक्रममा उपाध्यक्ष खड्काले कुनै बहानामा लालपुर्जा वितरण नरोकिने बताए । माओवादी केन्द्रका नेता पुनले बास जीवनको महत्वपूर्ण विषय भएकाले लालपुर्जा वितरणमा सहजीकरण गर्न पार्टी प्रतिबद्ध रहेको र समस्या भएको ठाउमा पुगि सहजीकरण गर्न कार्यकर्तालाई निर्देशन दिए।