२०८२ बैशाख १२

नेप्से पाँच दशमलव ८३ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १५, बुधबार १४:२९ गते

बुटवल १५ कात्तिक ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार पाँच दशमलव ८३ अंकले घटेको छ ।
आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर ७७ हजार आठ सय ७० पटक खरिदबिक्री हुँदा ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।