२०८१ श्रावण १२

तिहारमा प्लाष्टिकका माला प्रयोग नगर्न सियारी गाउँपालिकाको आग्रह
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २१, मंगलवार १०:५० गते

भैरहवा । सियारी गाउँपालिका रुपन्देहीले शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वलाई सभ्य र शान्तिपुर्वक रुपमा मनाउन आग्रह गरेको छ ।
गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै नेपालीहरूको महान चाँड शुभ दीपावली, नेपाल संवत एवं छठ पर्वलाई सभ्य, शान्तिपूर्ण वातावरणमा एक आपसमा खुशी साटासाट गरी मनाउन आग्रह गरेको हो ।
चाडपर्वको समयमा पटका आतिशबाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउने, किनबेच तथा ओसार पसार गर्ने, जुवा तास खेल्ने खेलाउने, उश्रृंखल देउसी भैलो एवं कानुनले निषेध गरिएका कार्य नगर्न तथा नगराउनुहुन सियारीबासीमा अनुरोध गरेको छ ।
पालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा चाडपर्वको समयमा चोरी, डकैतीका घटनाहरू हुने संभावना भएकोले आफ्नो घरको सुरक्षा प्रबन्ध बलियो बनाउन गाउँवासीमा अनुरोध पनि गरिएको छ ।
यस्तै सियारी गाउँपालिकाले दिपावली लगाएतका चाडपर्वहरूमा प्लास्टिकका फूलमालाहरु तथा आयातित फूलमालाहरु प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय स्तरमा उत्पादित फूलका मालाहरुको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै किसानलाई सहयोग गर्न गाउँपालिकाले सबैलाई आग्रह गरेको छ ।