४ जेष्ठ २०८१, शुक्रबार

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
  • लुम्बिनी खोज
  • १ मंसिर २०८०, शुक्रबार ०७:१९

काठमाण्डौं १ मंसिर ।

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएका छन् ।
टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णय बदर गरिपाउँ भन्दै रिट पेस भएका हुन्।
सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सदभाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै गत सोमबार नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको थियो। ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुने बताइएको छ ।