२०८१ श्रावण १२

लुम्बिनी एक्स्पो २०८० मा तयारी छलफल, बस्तुगत उपसमितिलाई सक्रिय बनाउन आग्रह
  • लुम्बिनी खोज
  • २०८० मंसिर १०, आईतवार १४:१९ गते

बुटवल, १० मंसिर ।
रुपन्देही व्यापार संघको आयोजनामा यहि पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो–२०८० को तयारीका क्रममा आइतवार वस्तुगत उपसमितिहरुसंग एक्स्पोलाई व्यवस्थित रुपमा सम्पन्न गर्ने बारेमा छलफल बैठक सम्पन्न भएको छ ।
मुल अयोजक समितिका पदाधिकारी तथा वस्तुगत उपसमितिका संयोजक एवं सदस्यहरुसंग एक्स्पो भव्य रुपमा सम्पन्न गर्नका लागि गर्नु पर्ने काम तथा जिम्मेवारी वाडफाडका बारेमा छलफल गरिएको थियो । बैठकमा संघ अन्तरगत गठित वस्तुगत उपसमितिले एक्स्पोमा निर्वाहा गर्नु पर्ने भूमिका र जिम्मेवारीसंग आवश्यक सुझावहरु संकलन गरिएको थियो ।
एक्स्पो आयोजनास्थल बुटवल मण्डपमा भएको बैठक संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सञ्चालन तथा प्रचारप्रसार समितिका संयोजक एवं संघका सचिव फर्सुराम पन्तको स्वागतमा सम्पन्न भएको थियो । बैठकमा एक्स्पोको तयारीका बारे महासचिव भण्डारीले जानकारी गराउदै आयोजना सम्पन्न गर्न सबैको सक्रिय सहभागिताको लागि आग्रह गरे ।
मुल आयोजक समितिका संयोजक घिमिरेले संघले गर्न लागेको एक्स्पो सफल बनाउने दायित्व सबै व्यवसायीहरुको पनि रहेको हुदा इमान्दारीताका साथ लाग्न आग्रह गरे ।
कार्यक्रममा सहभागी वस्तुगत उपसमितिका संयोजक तथा प्रतिनिधिहरुले एक्स्पोलाई भिन्न र आम उपभोक्ताहरुको चाहानालाई ध्यानमा राखेर आयोजना गर्न सुझाव दिएका थिए । उनीहरुले पछिल्लो युवापुस्तालाई समेट्ने गरि कार्यक्रमहरु बनाउन तथा स्थानिय उत्पादनलाई प्राथमिकतामा राख्न भनेका थिए ।
एक्स्पोको सफलताले सबै व्यवसायीहरुमा उर्जा थप्ने कुरामा आफुहरु जानकार रहेको हुदा सबै वर्ग, समुदाय, क्षेत्र र प्रकृतिको भावनाको कदर गरि अगाडी बढ्नु पर्ने उनीहरुको आग्रह थियो ।
कार्यक्रममा हार्डवयर उपसमितिका संयोजक विष्णु पाण्डे, इलेक्ट्रिक उपसमितिका संयोजक कुमार तामाङ, कृषि उपसमितिका उपसंयोजक टेकराज पंथी, फेन्सी उपसमितिका संयोजक विष्णु भण्डारी, महिला उद्यमी उपसमिति संयोजक लक्ष्मी भट्टराई, व्याग उपसमितिका संयोजक शंकर पोखरेल, भुपेन पन्त, प्रकाश चुदारा, नारायण वस्याल लगायतले सुझाव राखेका थिए ।
प्रदर्शनी स्थलमा एक्स्पोको आवश्यक तयारीका काम अन्तरगत स्टल दर्ता तथा स्टल निमार्णको काम भैरहेको कार्यालय प्रमुख सरोज पोखरेलले बताए । एक्स्पोमा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेशिनरी तथा उपकरण, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, मोवाइल, सूचना प्रविधि लगायतका ५ सय भन्दा बढी स्टलहरु समावेश गरिने मेलाका सदस्य सचिव तथा संघका महासचिव दयानिधि भण्डारीले जानकारी दिए ।
एक्स्पो सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा मुल आयोजक समिति तथा विभिन्न ४५ वटा उपसमितिहरु गठन गरिएको छ । स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष सम्वाद र उपभोक्ताका लागि प्रेरित गर्ने उद्देश्यले संघले काठमाडौं बाहिर २०६६ मा व्यापार मेला अटो प्रदर्शनी, २०६९, २०७२ र २०७५ मा लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेलासफलताका साथ सम्पन्न गरि सकेको छ ।