२०८२ माघ २८
बुटवल १८ माघ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनका लागि आउनुभएका अमेरिकी प्राध्यापकलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ । अमेरिकाको पूर्वि केन्थकी विश्वविद्यालयका प्राध्यापक डा. जे. अब्राह्म भेलेज दा केआ आगन्तुक प्राध्यापकका रुपमा बौद्ध विश्वविद्यालयमा आएका हुन ।
स्पेनिस नागरिक अब्राह्म अमेरिकाको केन्थकी विश्वविद्यालयको इतिहास, दर्शन र धर्मशास्त्र विभागको एसियन अध्ययनका निर्देशक हुन । दुई महिनासम्म बौद्ध विश्वविद्यालयमा रही प्राध्यापन, अनुसन्धान कार्यमा उनले गर्नेछन ।
दुई दशक लामो अवधि प्राध्यापन र अनुसन्धानमा विताउनुभएका प्राध्यापक अब्राहमले पाली तथा थेरबाद बौद्ध दर्शनमा श्रीलंकाको पेराडेनिया विश्वविद्यालय र अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । उनँका बौद्ध दर्शनसंग सम्बन्धित दुई पुस्तक प्रकाशनमा रहेका छन् ।