२०८१ श्रावण १२

सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसुमाथि कुटपिट
  • लुम्बिनी खोज
  • २०८० मंसिर १३, बुधबार ०६:५० गते

बुटवल १३ मंसिर ।
सुत्केरी मृत्यु भएपछि सोही विषयलाई लिएर मृतकका आफन्तहरूले बुटवल स्थीत सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) का मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् ।

प्रसुती सेवा लिन अस्पतालमा आएकी गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेको अस्पतालले जनाएको छ । नवजात शिशु भने सकुशल रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले कुटपिटबाट घाइते भएका डाक्टर बस्यालको आइसियुमा उपचार भइरहेको बताए । कुर्ची तोडफोड गर्दै डाक्टर माथि कुटपिट भएको अस्पतालको भनाइ छ । यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दानवहादुर थापाले घटनामा संलग्न केही ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।