२०८१ श्रावण १२

लुम्विनी प्रदेश सभाको स्थापना दिवस प्रदेश सभा सुचारु गर्नुपर्नेमा प्रदेश प्रमुखको जोड
  • लुम्बिनी खोज
  • २०७८ माघ २१, शुक्रबार १६:०९ गते

बुटवल २१ माघ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ऐन कानुन वनाउने प्रदेश सभालाई अन्यौलमा नराख्न र सुचारु गर्न आग्रह गरेका छन् । सहमति र सहकार्यबाट अगाडी बढ्न जरुरी रहेकोमा उनले जोड पनि दिएका छन ।

लुम्बिनी प्रदेश सभाको चौथो स्थापना दिवसको अवसरमा भर्चुअल रुपमा सम्बोधन गर्दै शेरचनले दलहरु बीचको मत भिन्नतालाई छुट्टै छलफलको विषय बनाएर संसद सुचारु गर्न आह्वान गरे । उनले प्रदेश सभाका समस्या आपसी छलफल र संवादवाट समाधान गर्न आग्रह गरे । जनताका पक्षमा काम गर्न जनताका आवश्यकतासग जोडिएका विधेयकहरु अझै पुरा नभएको भन्दै उनले चाडो भन्दा चाडो जनताका पक्षमा काम गर्ने गरी अगाडी बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा वोल्दै सभामुख पूर्णवहादुर घर्तीले प्रदेश सभाको स्थापना यता १ सय ८८ वटा बैठक बसेको र सो अवधीमा २ सय ५५ घण्टा ४२ मिनेट सभा सञ्चालन भएको बताए । संसद बैठकका अबधीहरुमा संघीयता कार्यान्वयनमा महत्वपूर्ण काम भएको, जनसरोकारका विषयहरुमा छलफल भएको सभामुख घर्तीले बताए । प्रदेश सभाले ४ वर्षको अवधिमा ६७ वटा कानुन बनाएको छ । प्रदेशसभा स्थापनादेखि पछिल्लो अधिवेशनसम्म दर्ता भएका ७४ विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन अवस्थामा छन् । चारवटा विधेयक भने फिर्ता भएका छन्

 

 

कार्यक्रममा मुख्यमन्त्री कुल प्रसाद केसीले सरकार प्रदेशका जनताको भावना र प्रदेशको विकासमा प्रतिवद्ध रहेको बताए । कार्यक्रममा उपसभामुख कृष्णी थारु, प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान, प्रदेश सभा सचिवालयका आलोक अग्रहरीलगायतले प्रदेश सभाका गतिविधिका बारेमा धारणा राखेका थिए । स्थापना दिवसका अवसरमा प्रदेशका १२ जिल्लाका माध्यमिक विद्यालयमा संघीयता कार्यान्वयनमा प्रदेशसभाको भूमिका विषयक निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।