२०८१ श्रावण १२

अर्घाखाँचीको पाणिनीमा वृहत निःशुल्क आँखा शिविर
  • लुम्बिनी खोज
  • २०८० पुष ५, बिहीबार ०४:२५ गते

बुटवल ५ पुस ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा वृहत निःशुल्क आँखा शिविर हुने भएको छ । पश्चिम नेपाल विकास ट्रष्टको आयोजनामा तथा पाणिनी गाउँ पालिकाको सहयोग तथा ब्यवस्थापनमा आँखा शिविर हुन लागेको हो । आँखा शिविरमा नेपाल नेत्र ज्योति संघ अर्घाखाँचीको प्राबिधिक सहयोग रहेको छ ।
ट्रष्टका सचिव पदम घिमिरेका अनुसार पाणिनीको दुर्गाफाट बरकारुख स्थीत आयुर्वेद भवनमा पुस ६ गते बिहानबाट आँखा शिविर हुन लागेको हो । कार्यक्रमको संयोजक ट्रष्टका उपाध्यक्ष माधवप्रसाद आचार्यका अनुसार शिविरमा ६ सय जनाको आँखा जाच गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा आँखा जाचपछि औषधी तथा चश्मा पनि वितरण गरिने तथा आँखा मोतिया विन्दुको समस्या भएका बिरामीहरुको शल्यक्रिया समेत गरिने भएको छ । आँखा शिविर सम्पन्न गर्न पाणिनी गाउपालिकाले सबै वडामा प्रचारप्रसार समेत गरेको छ । पाणिनी गाउँ पालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतमसहितका पदाधिकारी तथा प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेसहितका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु पनि जुटेको ट्रष्टले जनाएको छ । शिविर सम्पन्न गर्न ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधबप्रसाद आचार्य, सचिब पदम घिमिरे, कोषध्यक्ष लक्ष्मी अधिकारी, सदस्यहरु देवीप्रसाद घिमिरे, नमनारायण वेलवासे,मञ्जु आचार्य, तारा घिमिरेलगायतको टिम पनि सक्रिय पूर्वक लागेको छ ।