२०८१ श्रावण १२

सन्दीप लामिछाने दोषी ठहर
  • लुम्बिनी खोज
  • २०८० पुष १३, शुक्रबार १४:०९ गते

काठमाण्डौं १३ पुस ।
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो। ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि दोषी ठहर गरेको हो ।
सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि जवाफी बहस भएको थियो । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ ।

लामिछानेमाथि गत वर्ष भदौ २२ गते जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरीमा जाहेरी परेको थियो। ०७९ भदौ ५ गते काठमाडौंको एक होटेलमा सँगै बसेको र आफूमाथि बलात्कार भएको भन्दै पीडित किशोरीले जाहेरी दिएकी थिइन्।
अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा गत वर्ष १४ कात्तिकमा जबर्जस्ती करणीको मुद्दा दायर भएको थियो। क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिजमा रहेकै बेला जाहेरी परेपछि केही समय सम्पर्कविहीन भएका लामिछाने ०७९ असोज २० गते नेपाल फर्किएका थिए।