२०८१ श्रावण १२

बुटवल मेडिकल कलेज ः२ वर्षमा डिपिआर पनि पुरा भएन
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन ३, सोमबार ०८:४७ गते

बुटवल,।
प्रधानमन्त्री केपी ओलिले प्रदेशस्तरीय मेडिकल कलेज अन्र्तगत लुम्विनी प्रदेशको प्रदेशस्तरीय मेडिकल कलेजका रुपमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उद्घाटन गरेको चैतमा २ वर्ष पुग्दैछ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १ मा यसको कार्यालय उद्घान २०७५ सालको चैत ८ गते गरेका थिए । अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न मेडिकल कलेज बनाउने गरी काम अगाडी बढाइएको यस कलेजको २ वर्षको अवधीमा डिपिआर समेत पुरा हुन सकेको छैन । डिपिआरको काम आगामी साउनसम्ममा पुरा हुने समय छ ।
मुलुककासात वटै प्रदेशमा बन्ने मेडिकल कलेज मध्ये लुम्विनी प्रदेशको प्रदेशस्तरीय मेडिकल कलेजका रुपमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उद्घाटन गरेपछि बजेट विनियोजित हुदै आएपनि काम हुन सकेको छैन । तिलोत्तमाको वडा नम्वर १ र ८ मा पर्ने २ सय विगाहा क्षेत्रफलमा निर्माण गरिने मेडिकल कलेजका लागि गत वर्ष १० करोड वजेट विनियोजित भएको थियो । तर सो बजेट खर्च हुन सकेन । करिब ४० लाख मात्रै खर्च भएको थियो । यस वर्ष मेडिकल कलेजका लागि १० करोड बजेट रहेको छ । तर यस वर्ष पनि बजेट खर्च हुने अवस्था अझै सिर्जना भएको छैन ।
बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजनाका प्रमुख मान वहादुर घिमिरेका अनुसार कार्यालय स्थापना भएको छोटो अवधीमा निर्माण प्रक्रिया अगाडी बढाउने क्रममा धेरै काम भएको दावी गर्छन । गत वर्ष गुरुयोजना स्वीकृत गर्ने काम भएको छ । त्यस्तै वातावरण प्रभाव मुल्याङकको काम पनि पुरा भएको छ । अब डिपिआरको काम आगामी साउनसम्ममा पुरा हुने समय छ । तर बैशाख मसान्तसमममा पुरा हुने अपेक्षा गरिएको घिमिरे बताउछन ।
‘सार्वजनिक खरिद ऐनले ब्यवस्था गरेको सबै प्रकृया पुरा गर्दा र कोभिडको महामारीका वीचमा पनि भएका काम सबै हिसावले आयोजनाका काममा ढिलाइ भएको छैन, जेजे काम भएका छन यीनलाई छिटो भएको मान्नुपर्छ,’– आयोजनाप्रमुख घिमिरेले भने –‘मेडिकल कलेजको निर्माणका लागि वजेटको कमी छैन, आयोजनाका तर्फबाट कामलाई तीव्रता दिएका छौं । ’ उनका अनुसार मेडिकल कलेज बन्ने स्थानमा कति रुख हटाउनुपर्ने अवस्थामा छन भन्ने बारे अध्यान शुरु भएको छ । डिपिआर तयार भएर छिट्टै शिलान्यास गर्ने तहमा पु¥याउने घिमिरेको भनाइ छ ।
यस्तो बन्नेछ मेडिकल कलेज
एक हजार शैयाको अस्पताल बन्नेछ । यहा मेडिकल कलेजका लागि विभिन्न भवनहरु बन्नेछन । यहा आवासीय चिकित्सक देखि अन्य कर्मचारीका छोराछोरीले अध्यान गर्नका लागि विद्यालय समेत बन्नेछ । चिल्डेन पार्क, वगैचा, स्वीमिङ पुलदेखि विभिन्नसंरचना बनाइने छ । जसले गर्दा यहाको वातावरण नै सुन्दर वन्ने घिमिरेले बताए ।