२०८१ श्रावण १२

यस वर्षको एसईई चैत १५ गतेदेखि
  • लुम्बिनी खोज
  • २०८० माघ ८, सोमबार ११:२८ गते

काठमाण्डौं ८ पुस ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) १५ चैतदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आइतबार बसेको बैठकले १५ देखि २७ चैतसम्म परीक्षा लिने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले होली पर्वका कारण केही दिन धेकेलिए पनि नियमित क्यालेन्डरअनुसार नै परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए । बोर्डले तयार पारेको वार्षिक कार्यतालिकाबमोजिम चैतको पहिलो सातादेखि परीक्षा सञ्चालन हुनुपर्ने थियो । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ । १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ । यसवर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।