४ जेष्ठ २०८१, शुक्रबार

लुम्बिनीको रमाइलो यात्रा
  • लुम्बिनी खोज
  • २० माघ २०८०, शनिबार १४:०७

विकल्प घिमिरे
कक्षा ७, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय, बुटवल
चराहरुको सुमधुर चिरचिर सगै आखाका ढकनी खुलेपछि घडी हेर्दा बिहानको ५ बजिसकेको रहेछ । म आज अघिपछि भन्दा छिटो उठ्नुपर्ने थियो । त्यसैले म बिस्तरा (बेड) बाट बिस्तारै उठे । त्यसपछि नित्यकर्म गरे । नित्यकर्म गरिसकेपछि म बिहानको ब्रेक फास्ट( नास्ता) खाए । ब्रेक फास्ट पछि म आज चाडो विद्यालय पुग्नुपर्ने थियो । सोही अनुसार विद्यालय जान तयारी गरे । बाहिर कुहिरो लागेको चिसो मौसम जीउ लुगलुग कामिरहेको थियो । बाक्लो कपडाहरु लगाए । बढी चिसो फिल गरेकाले कपडा धेरै लगाए । चिसो मौसममा बिहानै लुम्बिनी जाने कार्यक्रम थियो । विद्यालयले भगवान गौतम वुद्धको जन्म भुमि लुम्बिनीमा शैक्षिक भ्रमणमा लैजाने कार्यक्रम थियो । सोही अनुसार म बिहानै तयार भए । बढी चिसो भएकाले कपडा पनि धेरै लगाए, दिउसो गर्मी भए कपडा ब्यागमा राख्नुपर्ला भनेर ब्याग पनि साथमा लिए ।
बिहान सात बज्नै लाग्दा म विद्यालय तर्फ लागे । म सामुदायीक तर्फको नमुना विद्यालय मध्येमा पर्ने बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्यानरत छु । कक्षा ७ का विद्यार्थीहरुलाई आज पुस २७ गते लुम्बिनी लैजाने कार्यक्रम थियो । सोही अनुसार बिहानै घरबाट निस्किएपछि म ७ बज्न ७ मिनेट बाँकी छदै विद्यालय पुगिसकेको थिए ।
आज विद्यालयमा भ्रमणमा जानु भन्दा अगाडी स्काउटको पनि कार्यक्रम थियो । स्काउट गुरु नवराज खरेल सरले अघिल्लो दिन नै भोलि बिहान भ्रमणमा जानुभन्दा अगाडी मार्चपास गर्ने कार्यक्रम बारे बताउनुभएको थियो । बुटवलमा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्काउट का तर्फबाट गरिने कार्यक्रमको तयारीका लागि बिहान मार्चपासको कार्यक्रम थियो ।
विद्यालय पुगेपछि नवराज सरले हामी स्काउटमा आवद्ध विद्यार्थीहरुलाई मार्चपास गराउनु भयो । मार्चपाससगै चिसो मौसममा शरिरले तातो तातो अनुभव पनि ग¥यो । मार्चपास पछि हामी शैक्षिक भ्रमणका लागि तयारीमा लागिम । मेरो कक्षा शिक्षक माया काफ्ले गुरु आमाले हामीहरुलाई लाइन लगाउनु भयो । हामीहरुको हाजिर पनि लिनुभयो । त्यसपछि विद्यालयमा बस पनि आयो । हामी लाइनसग बसमा चढ्यौं । बसमा चढेपछि हामीहरुलाई लड्डु, समोसा, भुजियासहितको नास्ता दिनुभयो । हामी रमाइ रमाइ नास्ता खायौं । मलाई लड्डु निकै मिठो लाग्ने भएकाले खुशी हुदै खाए ।
नास्ता खाएपछि पनि विद्यालयमा केही बेर रोकियौ । मेरो सेक्सन बाहेक अन्य सेक्सनका साथीहरु पनि सगै जाने कार्यक्रम थियो । सोही अनुसार तीन वटा बसमा हामीहरु विद्यालयबाट लुम्बिनी तर्फ प्रस्थान गरियो ।
बस विद्यालयबाट बाहिरिएसगै हामीहरु हुटिङ गर्दै बसमा बजेको गितसगै रमाउन थाल्यौं । केही साथीहरु तथा गुरुआमाहरु नाच्न पनि थाल्नु भयो । झ्यालबाट बाहिरका दृष्यहरु बेला बेला हेर्दै निकै रमाइयो गर्दै हामी लुम्बिनी पुग्यौं ।
लुम्बिनी मेरा लागि पहिलो भ्रमण थिएन् । किनकि यस भन्दा पहिला पनि धेरै पटक लुम्बिनी पुगेको थिए । भगवान गौतम वुद्धको जन्मभुमि लुम्बिनी पुग्दा निकै आनन्द आयो । लुम्बिनी पुगेपछि गुरु तथा गुरु आमाहरुले हामीहरुलाई लाइन लगाएर उभिन लगाउनुभयो । लुम्बिनीमा कसरी घुम्ने भन्नेबारे नियम पनि सिकाउनुभयो । त्यसपछि हामीहरुलाई समुह समुह बनाएर घुम्न लगाउनुभयो । हामीहरु लुम्विनीका विभिन्न स्थानमा घुम्दै रमाइलो ग¥यौ ।
मायादेवी मन्दिरमा जादा निकै आनन्द आयो । मन्दिर भित्र गएर हामीले हेरिरहेका थियौं । त्यहा परेवा पनि थिए । वुद्धले पाइला टेकेका ठाउमा रमाइरहेका परेवा मध्ये एउटा परेवा भुर्र उडेर आयो र मेरो दाहिने हत्केलामा स्पर्श ग¥यो । मलाई निकै आनन्द आयो । मन्दिरबाट बाहिर निस्कएपछि हामी शान्ति दीप हेर्न गयौं । शान्ति दीप हेरेपछि हामी (बोटिङ) डुगामा चढेर आनन्द लियौं । म पहिला पनि लुम्बिनीमा डुगा चढेको थिए । मेरा केही साथीहरु पहिलो पटक लुम्बिनीमा डुगा चढेका थिए । जे होस् हामी रमाइलो ग¥यौं ।
लुम्बिनी पुगेपछि हामीहरुले हामीहरुलाई मनपर्ने खानेकुरा पनि खायौं । ग्रुप फोटाहरु पनि गुरु आमाले खिचिदिनुभयो ।
लुम्बिनी घुमफिर पछि हामी फर्किने बेला पनि भयो । हामीहरुलाई लाइन लगाएर गुरु तथा गुरु आमाले बस भएको ठाउमा लिएर आउनुभयो । फरी हामीले नास्ता लिएर बस भित्र गयौं । बसमा रमाइलो गर्दै हामी बुटवल फर्कियौं । बुटवल आइपुग्दा अध्यारो भइसकेको थियो । विद्यालयमा आएर म बसबाट उत्रिएर यता उता गर्दै थिए । बाबा मलाइ लिन आइपुग्नु भयो । गुरुआमा सग विदा भएर म बाबासग घरतर्फ लागे । बाटोमा लुम्बिनी घुम्दाका रमाइला कुरा बाबालाई बताए । घर पुगेपछि पोशाक बदलेर हात खुट्टा धोएपछि खाना खायौं । खाना खाएपछि मलाई आजको दैनिकी लेख्न बाबाले भन्नुभयो । म दैनिकी लेख्दा लेख्दै १० बजिसकेछ । लेख्दा लेख्दै निद्रादेवीले पनि बोलाएको अनुभव भयो । निद्रादेवीको आदेशलाई कसले अवहेलना गर्न सक्छ र ? आदेशको पालना गरे र गुड नाइट भन्दै बिस्तरामा कोल्टे परे ।

[email protected]