२०८१ श्रावण १२

नेप्से पाँच अंकले घट्यो, तीन अर्बको कारोबार
  • लुम्बिनी खोज
  • २०८० माघ २१, आईतवार १०:०५ गते

बुटवल २१ माघ ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से ५.३१ अंकले घटेको छ । आज नेप्से दुई हजार ६१.७० विन्दु कायम भएको छ।

आज कुल ९२ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।