२०८१ श्रावण १२

विद्यालयस्तरीय  बुटवल मेयर कपमा शुक्रबार ८ खेल सम्पन्न
  • लुम्बिनी खोज
  • २०८० माघ २६, शुक्रबार १२:४३ गते

बुटवल२६ माघ ।
बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताअन्तरगत शुक्रबार ८ वटा खेल भएका छन्। फाइनल खेल २९ गते हुनेछ ।
प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन्। जसअन्तरगत शुक्रबार भएका खेलमा मणिमुकुन्द मावि र नयाँ गाउँ माविका बीचमा भएको खेलमा ट्राइबेकरमा मणिमुकुन्द ४–२ गोल अन्तरले विजयी भएको छ। यस्तै नहरपुर मावि र प्रगति माविका बीचमा भएको खेलमा प्रगति मावि ट्राइबेकरबाट ३–१ अन्तरले विजयी भएको छ। देवीनगरस्थित खेल मैदानमा भएको अर्को खेलमा स्कलर्स होम र सिद्धेश्वरी माविबीचको खेल २–० अन्तरले स्कलर्सले जितेको छ भने अक्सफोर्ड मावि र नवरत्न माविबीचको खेल ५–० गोल अन्तरले अक्सफोर्डले जितेको छ।

यस्तै शुक्रबार नै जवई खेलमैदानमा भएको खेलमा नवीन ओद्योगिक माविले अन्नपूर्ण माविलाई २–० गोलअन्तरले हराएको छ। उजिरसिंह मावि र न्युभिजन माविका बीचमा भएको खेलमा उजिरसिंह २–० गोलअन्तरले विजयी भएको छ। यस्तै ज्ञानोदय मावि र गार्गी माविबीच भएको खेलमा ज्ञानोदय ४–० गोलअन्तरले विजयी भएको छ भने कान्ति मावि र जितेश्वरी माविबीच भएको खेलमा कान्ति ४–० अन्तरले विजयी भएको छ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८–१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाउनेछन्।