२०८१ श्रावण १२

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ५, शनिबार १०:३५ गते

बुटवल ५ फागुन।
सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बचतकर्ताहरुको जम्मा गरेको रकम हिन मिन गरेको भनि उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई र भैरहवा शाखा व्यवस्थापक दुर्ष चापाषई पाण्डेलाई पक्राउ गरिएको हो । गुरुङलाई बिहीबार र भैरहवा शाखा व्यवस्थापक पाण्डेलाई शुक्रबार पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।